गुल्मीमा पहिरोमा पुरिएर १३ जनाको मृत्यु


शिव डुम्रे/साउन ७, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा १३ जनाको मृत्यु भएको छ ।

सोमबारदेखि परेको अबिरल वर्षाका कारण गुल्मीमा १३ जनाको मृत्यु भएको छ । यस्तै दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।
सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी १३ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए ।

सत्यवती गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा ९ जनाको शब फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । शबको पहिचान हुन सकेको छैन । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए ।

उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए । यस्तै ठूलोलुम्पेकमा स्थानीय ३० बर्षीय तिलकुमारी तरामू ,उनका छोरा बर्ष ७ का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिए । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् ।

ठूलोलुम्पेकको दांगसिंगामा राति घर बगाउदा रुद्धबहादुर बिक की आमा माया बिक, छोरी ववि बिक, छिमेकी शर्मिला बिकको घरमा पुरियर मृत्यु भएको हो । उनीहरुको शव भेटिएको छैन् । अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यसतर्फ गएको र यर्थात् विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए ।

७ श्रावण २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको