नेकपाका प्रवक्ता भन्छन- ‘विप्लवसँग वार्ता गर्न तयार छौं’


चैत ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकार वार्ता गर्न तयार रहेको बताएका छन्। तर वार्तामा बस्न विप्लव नेकपा तयार रहनुपर्ने उनले बताए ।

‘वार्ताका लागि सरकार सधैं तयार छ,’ शनिबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता श्रेष्ठले भने, ‘विप्लव नेकपा राजनीतिक समूह हुँदाहुँदै पनि उहाँहरुको गतिविधि गलत छ ।’

सत्तारुढ नेकपाका नेतासमेत रहेका श्रेष्ठले गलत खालका गतिविधिलाई निरन्तरता दिएकोले सरकारले विप्लव समूहलाई प्रशासनिक तवरबाट नियन्त्रण गर्न खोजेको प्रष्टाए। हतियार छाडेर विप्लव नेतृत्व शान्तिपूर्ण वार्तामा आए समस्याको समाधान निकाल्न सकिने उनले बताए।

लामो समयपछि देशमा राजनीतिक स्थिरता आएको र विकासका लागि वातावरण बन्दै गए पनि अस्थिरता निम्त्याउने समूह सक्रिय रहनु दु:खद भएको उनको भनाइ छ।

‘संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अझै अस्थिरता कायम राख्ने गरी हुने सबैखालका गतिविधिलाई सरकारले नियन्त्रण गर्छ,’ प्रवक्ता श्रेष्ठले भने।

९ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको