प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ? यसो भन्छन प्रधानमन्त्रीका निजि चिकित्सक [भिडियो]


भदौ ५, काठमाडौँ । प्रधानमन्त्रीको स्वास्थ्य अबस्था बारे उनका निजी चिकित्सक डा. दिलिप शर्माले जानकारी गराएका छन् । बिहिबार रिपोर्टर्स क्लबमा बोल्दै प्रधानमन्त्रीका निजी चिकित्सक डा. शर्माले कतिपय उपचार प्रविधिमा कमी भएका कारण प्रधानमन्त्रीलाई विदेश चेकजाँचका लागि पठाउनु परेको बताएका छन् ।

माथिल्लो दर्जाका उपकरणहरु नभएका कारण प्रधानमन्त्रीलाई यहाँको भन्दापनि राम्रो उपचारका लागि बाहिर पठाएको डा. शर्माले बताए ।

डा. शर्माले साउन १७ गते देखि २७ गतेसम्म प्रधानमन्त्री प्रत्यारोपण गरिएको मृगौलाको अवस्था कस्तो छ भनेर चेकजाँच गराउन चिकित्सकको पटक–पटकको आग्रहलाई स्वीकार्दै प्रधानमन्त्री विदेश गएको दावी गरे ।

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे हल्ला तथा टिप्पणी भएजस्तो यथार्थ नभएको समेत डा. शर्माले दावी गरे।, ‘परिक्षणपछि प्रधानमन्त्रीको शरीरमा एन्टीबडी धेरै देखिएका छन्, ती एन्टीबडीलाई शरीरबाट निस्कासन गर्ने क्रम सुरु गरिएको थियो। त्यही उपचारको निरन्तरता, औषधीहरु, उपचारको वर्तमान अवस्था र आगमी दिनमा कुन मात्रामा कुन औषधी थपघट जस्ता परीक्षणका लागि उहाँ आज सिङ्गापुर जानु भएको छ।’

भिडियो हेर्नुहोस्:

५ भाद्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको