प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन, आजै शव गृह जिल्ला दाङ लगिने


फागुन १०, काठमाडौँ । सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ ।

गत माघ २४ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सांसद वलीको ललितपुरथित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

अस्थाई राजधानी बुटवलबाट गृहजिल्ला दाङ्ग जाँदै गरेको अवस्थामा लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबाहक बससँग सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार घोराही ३ को मसोटपुल देखि १ किलो मिटर अगाडी एक आपसमा ठोक्किदा उनि गम्भीर घाईते भएका थिए । उक्त बसमा सवार रुकुम खलांगा–२ मुसिकोटकी २६ वर्षीया रमिता शर्माको सोही बसले च्यापेर मृत्यु भएको थियो ।

वलीको शव पोस्टमार्टम गरी बिहान ९ देखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने र आजै उनको शव गृह जिल्ला दाङ लगिने तयारी भएको सुरेश रावतले जानकारी दिए । सांसद वली नेकपाकातर्फबाट दाङ क्षेत्र नं ३ ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं ५ बाट उम्मेदवार रहेका उनी दीपक गिरीसँग पराजित भएका थिए । २०७४ को प्रदेशसभा निर्वाचनमा पूर्व सांसद बुद्धिराम भण्डारीलाई पराजित गर्दै विजयी भएका थिए ।

२०५६ मा तत्तकालिन नेकपा एमालेको सदस्यता प्राप्त ३६ बर्षका सांसद ओली एकाएक पाटीराजनीतिमा चर्चामा आएका थिए । दाङमा लोकप्रिय युवा नेताका रुपमा स्थापित वलीको पार्टीको केन्द्रिय नेतृत्व तहसम्म बलियो पकड थियो । ओलीको निधले दाङ यतिबेला सोकमा डूबेको छ ।

१० फाल्गुन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको