पुष्पकमलको सपना भुलेका नक्कली कम्युनिष्टहरु


बिपी बिद्रोही । २००६ सालमा काँस्कीको हसंपुरमा जन्मनुभएका पुष्पकमल सुबेदी नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एउटा दरिलो खम्बा हुन। तत्कालीन समयमा गाउमै सामान्य शिक्षा हासिल गरि अध्यनको लागि बनारस पुगेपछी अध्यन सगैसगै माक्सबादी दर्शन अध्यय गर्दै कम्युनिष्ट राजनितिमा आबद्ध हुनुभयो। तत्कालीन समयमा राणा सासनको अन्त्यपछि नेपालमा काङ्ग्रेसको दबदबा थियो। कम्युनिष्टहरुले स्वतन्त्रपुर्बक राजनिती गर्न पाउने छुट थिएन।

त्यस्तो अबस्थामा अध्यनको लागि भारतको बनारस लगाएतका ठाउहरुमा पुगेका नेपालीहरुले उतै बसेर नेपालको कम्युनिष्ट राजनीतिको गतिविधिहरु गर्ने गर्दथे।सोही क्रममा अध्यनको सिलसिलामा बनारस पुगेका काँस्की हसंपुरका पुस्पकमल सुबेदिको संगत पुस्पलाल श्रेष्ठहरुसंग हुनपुग्यो।

तत्कालीन पन्चायती सत्ताको दमन उत्पिडनमा परेको नेपाली समाज शिक्षाका हिसाबले एकदमै पछि थियो । जनताले राज्यसत्ताले आफुमाथी लादेको दमन के हो र यस्को समाधान के हो भन्ने पनि ज्ञान् हुदैनथ्यो । यसको एक मात्र कारण अशिक्षा नै थियो।

सिमित मान्छेहरु भरातको बनारस तिर गएर अध्यन गर्ने गर्दथे। जब नेपाली हरु बनारस लगातका ठाउहरुमा गएर शिक्षा हासिल गर्थे, अध्यन गर्दथे अनि मात्र उनिहरुले राज्यसत्ताले जनता माथी दमन थुपारेको छ। यस्को बिरुद्द लडनु पर्छ, बिद्रोह गर्नुपर्छ भन्ने ज्ञान हासिल हुन्थ्यो। अझ यसो भनौ, शिक्षा हासिल गरेपछी मान्छेहरुमा चेतनाको जागरण पैदा हुन्थ्यो र मान्छेहरु मुक्तिको उपाय रच्दथे।

त्यतिबेलाको पंचायतकालीन राज्यसत्तासंग अथवा नेपालको सामाजिक उत्पिडनसंग लडने र मुक्ती पाउने उपाय मालेमाबादले सुझाएको थियो ।

मालेमावाद भित्र संसार परिवर्तन गर्ने बैज्ञानिक सुत्र थियो। अथवा नेपालको राज्यसत्तामाको उत्पिडनको सिकार बनेका युवाहरुलाइ माक्सबादी दर्शनले आकर्सित गर्यो। यसरी भारतको बनारस लगाएतका ठाउहरुमा गएर अध्यन सग-सगै नेपालीहरुले कम्युनिस्ट राजनिती पनि हांकिरहेका थिए। सोही सिलसिलामा अध्यनको सिलसिलामा कलिलै उमेरमा आफ्ना दाजु सग बनारस पुगेका काँस्की हंसपुरका पुस्पकमल सुवेदीको पनि बनारसी प्रभाब पर्न गयो।

त्यहाँ बसेर कम्युनिष्ट राजनिती गरिरहेका नेतहरुसग समन्ध बढाउदै, उनी कम्युनिष्ट सङगठनमा सङगठित हुन पुगे । शारीरिक हिसाबले जति स्फुर्त थिए पुस्पकमल सुवेदी बैचारिक हिसाबले पनि ईमानदार लगनशील र प्रतिबद्ध थिए उनी। उनलाइ मालेमाबादको अध्यनले झन तिखारिदिएको थियो।

राणा शासनको अन्त्य पछि त्यतिबेलाको समयमा नेपालमा स-साना कम्युनिष्ट घटकहरु विभिन्न समुहहरुमा बिभाजन थिए। विभिन्न नामहरुमा भुमिगत सङगठनहरु बनाएर आफ्ना राजनीतिक गतिबिधिहरु संचालन गरिरहेका थिए। पुस्पलाल, मोहन बिक्रम, मोहन बैध्य,निर्मल लामा लगाएतका थुप्रै नेताहरुको नेतृत्वमा विभिन्न स-साना कम्युनिष्ट समुहहरु स्थापित थिए भने देसका विभिन्न क्षेत्र र अञ्चल स्तर सम्म पनि स साना कम्युनिस्ट दलहरु गठन भएका थिए।

त्यतिबेला कम्युनिष्टहरु एकजुट हुन नसक्नु दुर्भाग्य नै थियो। जब बनरस अध्यनपछि पुष्पकमल नेपाल फर्किएपछी उनिमा मालेमाबादी दर्सनको गहिरो छाप बसेको थियो। निकै उर्जावान साहासी र इमानदार पुस्पकमलले अब नेपाल फर्किएपछि यहाको पंचायती शासन सग लडनुपर्छ र नेपाली जनतालाइ मुक्त बनाउनु पर्छ भनेर सोही अनुसार लागिपरे। त्यतिबेला जनतामा जाने र जागरण पैदा गर्ने सबैभन्दा सजिलो र प्रभाबकारी माध्यम सिक्षण पेसा नै थियो ।

शिक्षण पेसाको माध्यमबाट बस्तिहरुमा पुगेर जनताहरुमा जागरण पैदा गर्न सजिलो हुन्थ्यो। पन्चायतकालिन सत्ताले कम्युनिष्ट राजनितीलाई प्रतिबन्ध लगाएको थियो।त्यसैले खुल्ला रुपले राजनिती गर्न पाइदैनथ्यो।

यसैक्रममा पुस्पकमल सुवेदी नेपाल आएपछी कहिले शिक्षणपेसामा लागेर त कहिले होलटाइमर भएर पन्चायतकालिन सत्ताको बिरुद्द जनस्तरबाट मोर्चाबन्दिहरु सुरु गरे। नेपालमा स-साना कम्युनिष्ट पार्टीहरु विभिन्न नाममा आफ्नो गतिविधिहरु संचालन गरिरहेको परिपेक्षमा २०२७ सालमा पुस्पकमल सुवेदी को नेतृत्वमा माले क्रान्तिकारी कम्युनिष्ट दल गण्डकी धौलागिरीको स्थापना भयो। अति निस्ठावान इमानदार र प्रतिबद्ध पुस्पकमल जनस्तरमा अति नै लोकप्रिय थिए।

जतता सग सजिलै भिज्न सक्ने, जनताको दुखमा दिलोज्यान ले सहयोग गर्ने उनको स्वभाव थियो।त्यतिबेला गण्डकी धौलागिरी क्षेत्रमा पुस्पकमल सुबेदी लगायतकाले निर्माण गरेको उक्त कम्युनिस्ट पाटिले पन्चायतकालिन सत्तामा हलचल नै पैदा गरिदियो। यस क्षेत्रका किसान मजदुर लगाएतका उत्पीडित बर्गहरु उक्त पाटी सग एकाकार हुँदै गए।

उहाँ विद्यार्थीहरुमाझ पनि अति लोकप्रिय हुनुहुन्थ्यो, केही समय पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर पनि काम गर्नुभो। भारतको चारुमजुमदारको नीतिबाट प्रभाबित भएर २०२८ वरिपरि झापामा केपि वलिहरुले बिद्रोह छेडिरहेको बेला गण्डकी धौलागिरी क्षेत्रमा पुस्पकमल सुवेदीहरुको माले क्रान्तिकारी दलले पन्चायतकालिन सत्ताको बिरुद्द घनिभुत सङघर्स गरिरहेको थियो। तर त्यो समुहसग पुस्पकमलहरुको कुनै समन्ध भने थिएन।

झापा बिद्रोहको नेतृत्व गर्नेहरुसग पुस्पकमल हरुको केही सैद्धान्तिक बिमतिहरु थिए। माले क्रान्तिकारी कम्युनिष्ट दलले आफ्नो गतिविधिहरु बढारहेका थिए । सोही समयमा अकस्मात पुस्पकमल सुवेदीको छोरीको निधन हुनपुग्यो । यो घटना पछि उहाँमा गम्भीर चोट पुग्यो र उहाँ बिस्तारै सकृय राजनितीबाट टाढिदै जानुभयो, बैचारिक प्रतिबद्दतामा कुनै आँच भने आएन, उहाको कम सकृयता हुन थालेपछी आफैले नेतृत्व गर्नुभएको माले क्रान्तिकारी दल तत्कालीन (माले) मा बिलय हुनपुग्यो । आफू नेतृत्वको पार्टी (माले) मा गाभिएपछी त्यो सग पुस्पकमल पुरै असन्तुष्ट रहनुभयो, उहाँलाई त्यसमा पटक्कै चित्त बुझेको थिएन।

यसरी छोरिको निधन पछि स्वास्थ स्थिती पनि कमजोर बन्दै गयो र २०४० सालमा जम्मा ३६ बर्सको उमेरमा भिरबाट लडेर मादी नदिले बगाएर पुस्पकमल सुबेदिको निधन हुन पुग्यो।

मैले यहाँनेर, पुस्पकमल सुबेदीको बारेमा लेखिरहदा उहाँको गौरबपुर्ण इतिहास माथी धेरै नै अन्याय गरेको महसुस गरेको छु। उहाँबाट कम्युनिष्ट क्रान्तिकारिहरुले सिक्नुपर्ने सयौ गुणहरु छन, जस्को म यहाँ ब्याख्या गरेर नै सक्दिन।

बास्तबमा पुस्पकमलहरुले देखेको सपना बिभेदरहित समाजको परिकल्पना थियो। त्यतिबेलानै सामन्ती सम्सदिय बेबस्थाको बिरुद्द पुस्पकमलहरुले क्रान्तिको झण्डा उठाएका थिए। अहिलेको पुस्पकमल सुबेदिको सारथि हुँ, भन्नेहरु सरकारी नेकपाको रबैया हेर्दा निकै घृणा लागेर आउँछ। जुन ब्यबस्थाको बिरुद्द पुस्पकमल सुबेदिहरुले लडाइ लढे ! आज उनैको सारथि हुँ भन्दै त्यही ब्यबस्थाको सुरक्षाकबज बनेर बसेका छन।

आज सत्तामा बसेर कम्युनिष्टको नाम लिदै पुस्पकमलहरुको नाम बेचेर कुर्चिहरुको व्यापार गरिरहेका छन। के पुस्पकमलहरुले लडेको केपि वलिलाई संसदीय ब्यबस्थाको मतियार बनाउनलाई थियो त? के प्रचण्डहरुलाई दलाल ब्यबस्थाको नाइके बनाउनलाई थियो त ?

के हो सान्ती र समृद्धि भनेको ? के उत्पीडित जनसमुदाय माथी प्रतिबन्ध लगाएर शान्ती र समृद्धि आउँछ त? आज खडक प्रसाद ओलि र प्रचण्ड दाहालहरुले भन्दा मिठा मिठा सपनाहरु बाढदथे पन्चायतकालिन शासकहरुले तर पुस्पकमल सुवेदीहरु कहिल्यै पनि त्यो भ्रममा परेनन। पुस्पकमलहरुले देखेको सपना लडेको खुन पसिना माक्सबाद बेचेर खानलाइ सम्सदिय ठेकेदार बन्नलाई थिएन।

त्यसैले ईतिहासको मजाक गर्दै पुस्पकमल सुबेदिहरुको जस सम्सदबादी दलालहरुले लिन मिल्दैन ! बिभेदरहित समाजको परिकल्पना गर्दै खुनपसिना बगाएको गौरबपुर्ण इतिहासलाई पुजिबादी दलालहरुले नाम लिन पनि सुहाउदैन।

७ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको