सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते, ४ काे अबस्था गम्भीर (नामसहित)


चैत ७, सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्य ४ काे अवस्था गम्भीर छ ।

जिल्लाकाे काभ्राबाट खलंगा हिडेकाे ना ५ ख ७७५० नम्बरकाे बस बिहिबार बिहान त्रिबेणी गाउँपालीका ६ शंखमुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा लक्ष्मिपुर निवासी ७१ बर्षीय बल बहादुर थापा, त्रिवेणी ३ निवासी ४८ बर्षीय धनविर रावत, छत्रेश्वरी ७ निवासी १७ बर्षीय बिशाल रावत र लुहाम निवासी ७० बर्षीया पार्वती श्रेष्ठ रहेकाे कान्तिपुर सामुदायी हस्पीटल श्रीनगरका संचालक रामकृष्ण रेग्मीले जानकारी दिएका छन् । उनिहरुकाे थप उपचारका लागी नेपालगन्ज रिफर गरिएकाे उनले बताए ।

त्यस्तै अन्य १८ जना घाइतेहरुकाे कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेकाे छ । उनिहरुकाे अवस्था सामान्य रहेकाे संचालक रेग्मीले बताए ।

घाइतेको नामवली यस प्रकार छ ।

७ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको