सरकारी जनप्रतिनिधिको फर्जी भोटले हारेँ: कुल आचार्य


कार्तिक ९, काठमान्डौ । नबौं संस्करणको एनआरएनए विश्व सम्मेलनमा अध्यक्षपदका उम्मेवार कुल आचार्यले फर्जीमतले आफुलाई हराएको दाबी गरेका छन् ।

आफ्ना मतदाता तथा शुभचिन्तकहरुका लागि आयोजित धन्यबाद ज्ञापन तथा चियापान समारोहमा बोल्दै सरकारी जनप्रतिनिधिले समेत आफ्ना बिरुद्द भोट हालेको बताए ।

काठमान्डौ बत्तीस पुतली अनुपम फुडल्याण्डमा आयोजित कार्यक्रम बोल्दै सच्चा गैरआवासीय मतदाताहरुले आफुलाई भोट हालेको बताए । बिपक्षीहरुले कालो तरिकाले आफूलाई हराएको पनि आचार्यले जिकिर गरे । उनले भने नेपालका प्रतिनिधि तथा नेपालका वडाध्यक्षले समेत भोट हाले । आफुसंग सयौ प्रमाणहरु भएको जनाउदै ५ वर्ष अघि नेपाल आएकाहरुले समेत भोट हालेर अरुलाई जिताएको समेत आचार्यले दाबी गरेका छन् ।

चलखेलवालाहरुले गैरआबासिय नेपाली संघलाई कालो राततिर डोर्याई रहेको संकेत गर्दै आफुहरु हारेर पनि उज्यालो दिनमा गर्बका साथ हिडिरहेको आचार्यले बताए । आचार्यले नयाँ निर्बाचित नेतृत्वलाई सचेत गराउदै गैरआवासीय नेपालीहरुको नागरिकताको बिषय, सम्पतिको बिषय, नेपाललाई समृद्द बनाउने बिषय लगायतका मुद्दाहरु अझै रहेको बताउदै यस्ता इशुहरुलाई गम्भीरताका साथ् सोच्न र समाधान गर्न आग्रह गरेका थिए ।

फर्जीमतका सामु आफुले पाएको भोट सच्चा एनआरएनहरुको जित भएको जनाउदै आफु निकै खुसि भएको पनि बताए ।

स्मरणहोस् अध्यक्ष पदका लागि कुल आचार्यले १४७ मतको अन्तरले मात्रै हारेका थिए । निर्चाचित बिजयी कुमार पन्तले १२१७ र अर्का प्रत्यासी उम्मेदवार कुल आचार्यले १०७० मत प्राप्त गरेका थिए ।

धन्यबाद ज्ञापन तथा चियापान समाहरोहमा पूर्व अध्यक्ष देवमान हिराचन र शेष घले संगै श्रीमती जमुना गुरुङ पनि उपस्थित भएका थिए ।

निर्बाचन पछी एनआरएन भित्र असन्तुष्टि पैदा भएको छ । एनआरएनलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न चाहे पनि सत्ता, शक्ति र पैसाको आडमा एनआरएन झनै कब्जामा रहेको बिपक्षीहरुको आरोप छ ।

२ कार्तिक २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको