एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी


कात्तिक १, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा अध्यक्ष पदकालागि कुमार पन्त निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।

तर मत गणना सकिए पनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।

उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन । महासचिव र सचिवको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।

गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।

१ कार्तिक २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको