‘टिचिङ लाइसेन्स’को आवेदन खुल्यो, अनलाइनबाटै फारम भर्न सकिने


असार ०३, काठमाडौं । विद्यालय तहमा पढाउन आवश्यक पर्ने अध्यापन अनुमति पत्र (लाइसेन्स) को आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले सोमबार आवेदन खुल्ला गरेको हो ।

यसपटकदेखि आवेदकले अनलाईनबाटै परीक्षाको फाराम भर्न सक्ने व्यवस्था गरेको छ । आवेदन सोमबारदेखि असार २२ गतेसम्म भर्न सकिनेछ । दोब्बतर दस्तुर तिरेर भने असार २९ गतेसम्म भर्न सकिने आयोगले जनाएको छ ।

आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका अनुमति पत्रको लागि क्रमस : पाँच सय, सात सय र एक हजार रुपैंया दस्तुर तोकेको छ । लामो समयदेखि रोकिएको आवेदन आयोगले सोमबार खुल्ला गरेको हो । विद्यालय तहमा पढाउन अध्यापन अनुमति पत्र अनिवार्य छ । अहिले बजारमा यस्तो लाईसेन्स लिएका सात लाख विद्यार्थी छन् ।

हेर्नूस् अनुमतिपत्र दरखास्तकाे सूची

३ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको