विद्या भट्टराईले लिईन शपथ ग्रहण


पुष ०१, काठमान्डौ । कास्की क्षेत्र नं‍ २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन्। उनलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईलाई सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको थियो तर बिवाद भईरहदा उपसभामुखले नै पहिलो पटक शपथ खुवाएकी हुन्।

उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए। तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

१ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको