पोखरामा लेखनाथ महोत्सव पुस ३ देखि


रमाकान्त बास्तोला/पुस ०१, पोखरा । आगामी पुस ३ गते देखि १५ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, बिज्ञान तथा प्रबिधी, शैक्षिक प्रदर्शनी, हस्तकला, मेसिनरी, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरीलगायत गरी ३४० वटा कक्ष रहने आयोजकले बताएको छ ।

जस अन्तर्गत अटो ७, शैक्षिक प्रदर्शनी ९, कृषि ३५, किचन २७, मेशिनरी २०,हेन्डीक्राफ्ट ३२, गार्मेन्ट १००, जनरल २६, फुड एण्ड बेभरेज २०, डेरि ६, सुचना प्रबिधी ३२, रेष्टुरेन्ट १६, बैंक तथा बित्तीय तथा प्रायोजक ३० स्टल रहेको आज पुस १ गते भएको पत्रकार सम्मेलनमा आयोजक सस्थाले जानकारी दिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने यो महोत्सवको उद्देश्य औद्योगिक उत्पादन, घरेलु तथा हस्तकलाका वस्तुको बजार प्रवद्र्धन र उद्यमशीलता तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रबर्द्धन, जातिय भेषभुषा, कला सस्कृती , रितिरिवाज जगेर्नामा टेवा पुर्याउने साथै आन्तरिक एवं बाह्य पर्यटनमा टेवा पुर्याउने रहेको छ ।

महोत्सवको थप आकर्षण रुपमा बाल उद्यान, खाना महोत्सव, सांगीतिक प्रस्तुति, लोकदोहोरी यसैगरि महोत्सवमा उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय स्तरका कलाकारहरुको स्टेज शो, बाल चायल्ड ट्यालेण्ट सो, शैक्षिक गतिविधिहरुको प्रस्तुती, लुकेको प्रतिभाको खोजी अभियान, रत्यौली गित, साथै बिगत बर्षहरुमा उत्कृष्ट प्रदर्शन गरि पुरस्कृत भएकाहरुबाट प्रतिस्पर्धा रहित सहभागिताको रुपमा प्रस्तुती रहने कार्यक्रमसमेत राखिएको संस्थाले जनाएको छ ।

संघद्वारा मङ्गलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव अवधिभरि दुई लाख पचास हजार दर्शकले अवलोकन गर्ने र रु १२ देखि १५ करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताइएको छ ।

१ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको