स्थगित भएको एनआरएनको चुनाव १० बजे देखि सुरु हुँदै (सुचना सहित)


असोज ३०, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्बाचन बिहिबार बिहान १० बजे देखि हुने जनाइएको छ । विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएको भन्दै बुधबार राति मतदान स्थगित गरिएको थियो ।

मतदाताले भोटहालेपछि पनि मेसिनले गलत देखाएको भन्दै निवार्चन स्थगित गरिएको हो । अब कागजी मतपत्र द्वारा भोटिंग हुने निर्बाचन समितिले जनाएको छ । भोटिंग अपराहन्न ३ बजे सम्म हुने छ ।

एनआरएनएका केन्द्रीय पदाधिकारीका लागि बुधबार राति ७ बजेदेखि मतदान गर्ने भनिएको थियो । विश्वभरिबाट काठमाडौंको ह्यात होटलमा भेला भएका प्रतिनिधिहरु मतदानका लागि लाइनमा बसिसकेपछि राति मतदान स्थगनको घोषणा गरिएको थियो ।

विद्युतीय मतदान गर्ने भोटिङ मेसिन बिग्रिएकाले मतदान स्थगित गरिएको आयोजकहरुले बताए पनि आन्तरिक विवादका कारण भोटिङ रोकिएको स्रोतको भनाइ छ । सम्मेलनमा विधानविपरीत प्रतिनिधिहरुको घुसपैठ भएको भन्दै एक पक्षले उजुरी दिएका कारण मतदान रोकिएको असन्तुष्ट पक्षको भनाइ छ ।

उम्मेदवारहरुले आ-आफ्ना डेलीगेट्सहरुलाई आफ्नो देशको भिसाकार्ड, पासपोर्ट समेत साथमा लिएर मतदान केन्द्रमा उपस्थित हुन अनुरोध गरेका छन् ।

३० आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको