दुई थान अटोमेटिक पेस्तोल र गोलीसहित एकजना पक्राउ


साउन ३२, काठमाडौं । महानगरीय प्रहरी बृत्त थानकोटले अटोमेटिक पेस्तोल २ थान र २० राउण्ड गोलीसहित एकजनालाई पक्राउ गरेकाे छ ।

चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित थानकोट प्रहरीले पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी कुमार बिक्रम थापाले ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको बताए ।

धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको बताएको छ ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानवाट लामा विप्लव कार्यक्रता रहेको हुन सक्ने बताएकाे छ । लामालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

३२ श्रावण २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको