कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्री बर्खास्त


साउन ३१, काठमाडौं । उच्च अदालत पाटनले पक्राउ गर्न आदेश दिएका कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री बर्खास्तीमा परेका छन् । उक्त प्रदेशका मुख्यमन्त्रीको फेसबुक पृष्ठमार्फत यसको पुष्टि भएको हो।

उक्त फेसबुक पृष्ठमा भनिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूले भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गर्नुभएको छ । उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।’

उनको जिम्मेवारी अब मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्हाल्ने भएका छन् । यससम्बन्धी निर्णय समेत कर्णाली प्रदेशले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिएका छन् ।

मन्त्री खत्रीसहितका पाँच जनाले १ करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गर्न आदेश दिएको थियो ।

उनीविरुद्ध फर्जी बैंक ग्यारेन्टी बसेको आरोप लागेको छ । उनी पूर्वएमालेका सुर्खेतका नेता हुन्।

३१ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको