पत्ररकार रवि ला’मिछाने पक्रा’उ


साउन ३०, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामि’छाने र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आत्मह’त्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि चितवनमा आत्मह’त्या गरेका पत्रकार शालि’कराम पुडासै’नीको मृ’त्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामि’छाने र कँडेललाई पक्राउ गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्मह’त्या गर्नुपूर्व पुडासै’नीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्मह’त्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

यता पूर्वसहकर्मीले आत्मह’त्या गर्न बाध्य पारेको आरोप लगाएपछि पत्रकार लामिछा’नेले घटनाको छानबिनमा सघाउने बताउँदै आएका छन्।

‘आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदैसम्मको सजाय होस्। सारा आरोप सुन्दा लाग्यो शालिक’रामलाई ठूलो भ्रम परेछ’, लामिछा’नेले ट्वीट गरेका छन् ।

उनले फेसबुक लाइभमा पनि लामो समयदेखि पुडासै’नीसँग आफ्नो कुरा नभएको दाबी गरेका छन्। स्मरण रहोस केही समय अघिसम्म पुडा’सैनी सिधा कुरा जनतासँग कार्यक्रमको टिममा कार्यरत थिए ।

यसैवीच प्रहरीले रवि लामि’छानेलाई पक्राउ गर्नुपूर्व उक्त भिडियोमा जोडिएकी अस्मिता कार्कीलाई पनि पक्राउ गरेको छ । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३० श्रावण २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको