राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच १५ मिनेट भेटवार्ता


असोज २६, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच १५ मिनेट छुट्टै भेटवार्ता भएको छ ।

नेपाल–चीनबीच १७ वटा समझदारीमा हस्ताक्षर भएलगत्तै सी र ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीसँग विदाई भेटवार्ता गरेका हुन् ।

भेटलगत्तै राष्ट्रपति सी विमानस्थल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा चिनियाँ राष्ट्रपति सी शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका हुन् ।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको