काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने


असोज २६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।

उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नागरपालिका वडा नं १, भोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

नुवाकोट हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौँ छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ । यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मी र कृष्ण थापाले लेखेका छन् ।

२६ आश्विन २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको