झापाको ३ वटा कार्यालयमा बम बिष्फोट


साउन २७, झापा । बिर्तामोड नगरपालिकाको तीनवटा वडा कार्यालय सञ्चालनमा रहेको भवनमा बम विस्फोट भएको छ । बिर्तामोड–९ स्थित गरामनीमा ७, ८ र ९ नम्बर वडा कार्यालय सञलनमा रहेको भवनमा सोमबार बिहान साढे ४ बजे विस्फोट भएको हो ।

भवन आसपासमा विस्फोट भएजस्तै आवाज आएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोटबाट कार्यालय भवनको ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामान र कार्यालयको भित्तामा क्षति पुगेको छ ।

घटनास्थलमा विस्फोटक पदार्थका कुनै पनि अवषेशहरु फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनाली, डिएसपी महेन्द्रकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्सपेक्टर सुनिलकुमार श्रेष्ठसमेत खटिएको बताइएको छ ।

बम विस्फोट भएको वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । कुन समूहले विस्फोट गराएको भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ ।

तस्बिर: क्षेतीग्रस्त वडा कार्यलय:

२७ श्रावण २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको