एकै गाउँका ५ जनाको शारदा नदिमा दाहसंस्कार गरियो [फोटोफिचर]


मंसिर १७, सल्यान । मजदुरीको लागि कास्कीको पोखरा पुगेर ज्यान गुमाएका सल्यान बागचौर -४ पेदिखोलाका ५ जनाको मंगलबार दाहसंस्कार गरिएको छ । पेदिखोला स्थित शारदा नदिको आर्यघाटमा उनिहरुको दाहसंस्कार गरिएको हो ।

पाेखरा महानगरपालिका –२० मौजा बिसौनामा बाटोे निर्माण गर्ने क्रममा माटोले पुरिँदा मृ’त्यु भएका ४० वर्षीय दाेभान बस्नेत, ५२ वर्षीय जोगेन्द्र बुढाथोकी, २५ वर्षीय गणेश ओली, २५ वर्षीय खिमलाल ओली र ४५ वर्षीय जितबहादुर बस्नेतको अन्त्यष्टी गरिएको हो ।

मृ’तकहरुलाई दागबत्ती दिन कर्णाली प्रदेश सभा सदस्य गुलाव जंग शाह, बागचौर नगरपालिकाकाका मेयर लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य लाेक बहादुर डाँगी, कृति बहादुर पुन (प्रकाण्ड) लगाएको उपस्थित रहेको थियो । एउटै गाउँका ५ जनाकाे मृ’त्यु भएपछि अहिले पेदिखाेला शाेकमा डुबेकाे छ ।

१७ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको