सर्वोच्चले गरेको फैसला फिर्ता गरी भगत र शाहीको रिहाइ गर: नेकपा


असार २५, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएको छ ।

सो पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बुधबार एक विज्ञप्ति जारी गर्दै जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश भएका झलकुमार भगत र सिंहबहादुर शाहीलाई असार २४ गते सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै मुद्दालाई तुरुन्त फिर्ता गरी स–सम्मान रिहा गर्न जोडदार माग गरेको हो ।

नेकपाले जनयुद्धको समयमा शाही नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा समावेश हुने विषय जनयुद्धको विषय भएको भन्दै त्यस्ता समस्या समाधान विस्तृत शान्ति सम्झौतामा गरिसकिएको दावि गरेको छ ।

प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको जनयुद्धमा सहभागी कमरेडहरु झलकुमार भगत र सिंहबहादुर शाहीलाई प्रचण्डकै नेतृत्वको सरकार भएको समयमा दण्डित गर्ने अदालतको फैसला खेदजनक र अस्विकार्य छ । तसर्थ असार २४ गते सर्वोच्च अदालतले गरेको निजहरुको सम्बन्धमा गरेको फैसला फिर्ता गर्न र वहाँहरुलाई स–सम्मान रिहा गर्न पार्टी जोडदार माग गर्दछ’ जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति हेर्नुहोस 

२५ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको