स्ववियू चुनावको पूर्व तयारी गर्न त्रिविको निर्देशन


पुस २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यकाभित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई पत्र पठाउदै सो निर्देशन दिएको हो ।

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो ।

अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।

२३ पुष २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको