प्रदेश नम्बर ५ को राजधानी दाङ बन्छ: प्रचण्ड


कात्तिक २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ५ को राजधानी दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्याङ्कन गर्दा प्रदेशको राजधानी दाङ हुने स्पष्ट पारे ।

प्रेस सङ्गठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राजनैतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भैरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे ।

अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई सामान्य भएको बताए । ‘सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।’

उनले उपचुनाव सफल बनाउन नेता/कार्यकर्तालाई अनुरोध गर्न आफू दाङ आइपुगेको बताए । ‘सरकार यतिबेला उपचुनावमा केन्द्रित छ’, उनले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

प्रचण्ड हिजो पाँच नम्बर प्रदेशमा आएका हुन् । हिजो बाँके कार्यक्रममा बसेको प्रचण्ड आज दाङमा आएका छन् । प्रचण्डसँगै पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि दाङमा सहभगी भएका छन् ।

२० कार्तिक २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको