गोलखाडा पक्षधरको जमात निषेधाज्ञा क्षेत्र नजिक पुग्दै


जयमान बुढामगर/माघ २३, रुकुम । रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यन्वयन हुनुपर्ने मागसहित आन्दोलित त्यस क्षेत्रका स्थानीयहरु रुकुमकोट नजिक पुग्न थालेका छन ।

५/६ हजार ठुलो संख्याका स्थानीयहरु प्रशासनले निषेधाज्ञा तोकेको स्थान धौलापैरा नजिक पुग्न थालेका हुन । हाल गोलखाडा पक्षधरहरु भूमे गाउँपालिकाको वडा नम्बर ४ काँडाबगर, वडानम्बर ५ साकिममा पुगेका छन ।

एक घण्टा भित्रै सबै स्थानीयहरु निषेधाज्ञा तोकेको स्थान सम्म पुग्न सक्नेछन । उता रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिदै उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गोल्खाडा पक्षधरताले प्रशर्दन सगै ज्ञापन पत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट आउने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो ।

निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको