भ्रष्टाचारीका अगाडि सरकार लाचार देखियो: अग्नि सापकोटा


बैशाख २२, काठमाडौं । नेकपाका नेता अग्नि सापकोटाले मुलुकमा सार्वजनिक जग्गा अतिक्रमण र भ्रष्टाचारको जालो डरलाग्दो रुपमा विस्तार हुँदै गएको बताएका छन् ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले ती विषयलाई सामान्य रुपमा नलिन सरकारलाई सुझाव दिए ।

एनसेल लगायत बहुराष्ट्रिय कम्पनीका कर छलिका विषय सामान्य नभएको भन्दै उनले हलुका रुपमा नलिन सम्बन्धीत पक्षको ध्यानाकर्षण गराए ।

सार्वजनिक जग्गाको अतिक्रमणका सम्बन्धमा आफुले संसदीय समितिमा बसेर अध्ययन गर्ने क्रममा भ्रष्टाचारको सञ्जाल डरलाग्दो र सरकारको हैसियत कमजोर र लाचार अनुभूति गरेको उल्लेख गर्दै उनले बालुवाटार, खुला मञ्च लगायत मुलुकभर १० हजार विगाहा जमिन कब्जा भएको उल्लेख गरे ।

उनले सार्वजनिक जग्गा अतिक्रमण सिंगो राज्य संयन्त्रलाई असफल बनाउने सुनियोजित षडयन्त्रमा आधारित भएको भन्दै उनले सरकारी, सार्वजनिक र गुठी जग्गाको एकमहिना भित्र कानुन बनाएर छानबिन गर्न संसदको ध्यानाकर्षण गराए । उनले भू–माफिया र बिचौलिया प्रति कठोर नहुने हो भने नियतिले आफ्नो बाटो लिने भन्दै त्यस तर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेखित भाषाका सम्बन्धमा उनले अन्तर्राष्ट्रिय प्रचलनको विषय देखाएर आफ्नो मौलिकतामा आँच आउने काम नगर्न सचेत गराए । राष्ट्रपतिको सम्बोधनको भाषा उदृत नै नगरिकनै उनले नयाँ व्यवस्था सबैको लागि प्यारो भएको भन्दै यसमा अन्तर्राष्ट्रिय प्रचलनको नाममा व्यवस्थाको मौलिकतामाथि नै असर पर्ने काम नगर्न सचेत गराए ।

नीति तथा कार्यक्रम सही र वस्तुगत भएको भन्दै कार्यान्वनयलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए।

२२ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको