दाङमा सर्पको टोकाईबाट १७ बर्षीय किशोरीको मृत्यु, किशोर घाईते


जेठ २१, दाङ । दाङमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ ।

मंगलबार विहान ५ बजेतिर दाङको राजपुर गाउँपालिका वडा नं. ४ मोतिपुरकी १७ बर्षीया प्रमिला यादवलाई सर्पले टोक्दा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

बिहान स्कुल जाने क्रममा घरबाट निस्किने क्रममा सर्पले डस्दा गम्भीर घाईते भएकी यादवको उपचारको क्रमममा सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा मृत्यु भएको उनका बुवा सिताराम यादवले बताए ।

यादव राजपुर गाउँपालिका वडा नं. ३ स्थित संकर माबि खदरियामा कक्षा १० मा अध्ययनरत थिईन् ।

दाङमा सर्पको टोकाईबाट एक बालक घाईते

यसैबीच तुलसीपुरमा सर्पको टोकाईबाट एक बालक घाईते भएका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा काम गरेर कोठातर्फ जाँदै गरेका सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर घर भएका १५ बर्षीय रिजन बिक घाईते भएका हुन् ।

सोमबार राती साढे ९ बजेतिर सर्पले गोलिगाँठमा टोक्दा घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । उनको अबस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

दाङमा सर्पदंशको उपचार केन्द्र नहुँदा यसरी सर्पको टोकाईबाट मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

२१ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको