दाङमा बैङ्कको झण्डै १८ करोड हिनामिना गर्ने थप १० जना पक्राउ [नामसहित]


भदौ १६, दाङ । दाङ्गको एक बैङ्कमा झण्डै १८ करोड रुपैयाँ आफ्नो निजी खातामा सारेर हिनामाना पार्न खोजेका तत्कालिन बैङ्क प्रबन्धक समातिए लगत्तै थप १० जनाको गिरोहलाई पनि त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

फाइल तस्बिर 

साविकको वेस्ट्रन डेभिलभमेन्ट बैङ्कका तत्कालिन प्रवन्धक ३० वर्षीय समिर बुढाथोकीले हालको देव बिकास बैङ्क संग मर्ज हुने बेलामा त्यस बैङ्कको १७ करोड ९९ सय लाख ९० हजार रुपैयाँ अनियमितता गरी आफ्नो खातामा राखेको अभियोगमा भदौ ३ गते उनलाई पक्राउ गरी जिल्ला अदालत दाङ्गमा आर्थिक अनियमित्ता विरुद्धको मुद्दा दायर गरिएको थियो ।

घोराही–१० नारायणपुर निवासी बुढाथोकीको बयानका आधारमा प्रहरीले उक्त कसुरमा थप १० जनालाई पक्राउ गरेको दाङ्का प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही–१० का ४७ वर्षीय बसन्तबहादुर बस्नेत, सोही स्थानका २६ वर्षीय अर्जुन बस्नेत, ४५ वर्षीय झगबहादुर बस्नेत ३७ वर्षीय उज्जवल आचार्य, ५४ वर्षीय सत कुमार पौड्याल, वडा नम्वर ८ का ४३ वर्षीय बसन्त बुढाथोकी रहेका छन् ।

त्यस्तै साविक कैलावास गाविस वडा नम्वर–४ स्थायी घर भइ हाल घोराही १४ बस्ने २४ वर्षीया बन्धना गुप्ता, कोइलावास –९ घर भई घोराही–१५ बस्ने ३८ वर्षीय वीरेन्द्रकुमार गुप्ता, कोइलाबास–३ घर भई घोराही–१० बस्ने ४५ वर्षीय सक्टुराम गुप्ता र साविक त्रिभुवन नगरपालिका–१० घर भइ हाल घोराही–१४ बस्ने ३१ वर्षीय विजयकुमार गुप्ता पक्राउ परेका छन् ।

१६ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको