हिरासत मुक्त जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले गर्यो अभिनन्दन


बैशाख १८ काठमान्डौ । जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले अभिनन्दन गरेकाे छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित एक्यवद्धता र्यालिपछि काेणसभामा महर्जनलाई महासंघले अभिनन्दन गरेकाे हाे ।

उनी सर्वाेच्च अदालतकाे आदेशमा हिजाे रिहा भएका थिए । अभिनन्दनपछि बाेल्दै रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन, नेपाल लगायत सबैलाई धन्यवाद सहित आभार प्रकट गरे ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेकाे भन्दै सबै एकजुट हुन आग्रह समेत गरे ।

न्हूगु ज्वजलपा वास् पौ साप्ताहिक पत्रिकाका सम्पादक तथा जनपत्रकार संगठन, नेपाल काठमाडौँका संयोजक जितेन्द्र महर्जन सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । पत्रकार महर्जन २२ दिनको हिरासत बसाईपछि मंगलबार सर्बोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

१८ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको