कांग्रेसमा उमेरहदको कुराः पदाधिकारीका लागि ७० वर्षको मापदण्ड


असोज १३, काठमाडौँ । नेविसंघको महाधिवेशनबारे कुनै निर्णयमा नपुगेको कांग्रेस विधान संशोधनको गृहकार्यमा जुटेको छ ।

सातवटै प्रदेशका विभिन्न १२ स्थानमा मस्यौदामाथि सुझाब लिइँदै छ । यसबीच प्रदेश १ को इलाम र विराटगरमा भएको कार्यक्रममा सहभागीले कार्यकारी पदका लागि उमेरहद राख्न सुझाब दिएका छन् ।

विधान मस्यौदा समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले दिएको जानकारीअनुसार कार्यकारी पदमा ७० वर्षको मापदण्ड लगाउनुपर्ने सुझाब दिइएका छन् ।

‘पार्टीमा युवाहरूलाई आकर्षित गर्न कार्यकारी पदमा उम्मेदवारी दिन ७० वर्षसम्मको उमेरहद राख्नुपर्छ भन्ने सुझाब आएका छन्,’ ढुंगानाले भने, ‘७० वर्ष नाघेकाहरूले संरक्षक र सहयोगी बनेर अरूलाई अवसर दिनुपर्छ भन्ने मत आएका छन् ।’

कांग्रेसमा अहिलेसम्म महाविधेशन हुने वर्ष मात्र कमिटीहरूको निर्वाचन हुँदै आएको छ । तर, विधान संशोधन गरी गाउँ–नगरको अधिवेशन पहिलो दुई वर्ष र प्रदेशसम्मको तीनदेखि चार वर्षभित्र गरेपछि महाधिवेशन गरी पार्टीलाई पाँच वर्षसम्म सक्रिय बनाइराख्नुपर्ने सुुझाब पनि आएको नेताहरूले जानकारी दिए ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

१३ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको