बोन म्यारो पिडित एलिश्ना राईको निधन, शव नेपाल आई पुग्यो (भिडियो)


पुष १२, काठमाडौं । बोन म्यारो पिडित एलिश्ना राईको उपचारका क्रममा दिल्लीमा निधन भएको छ । बिगत ७ महिना भारत स्थिति नयाँ दिल्लीको गंगाराम हस्पिटलमा उपचार भैरहेको थियो ।

एलिश्नाको गत १३ तारिखमा उनका दाजुबाट बोन म्यारो ट्रान्स प्लान्ट भएको थियो र २२ तारिख उनको बिग्रदो अबस्था भएपछी भ्यान्टिलेटर आइसीयुमा राखिएको थियो ।

आइसीयुमा उपचार हुँदाहुँदै उनको निधन भएको थियो । डाक्टरका अनुसार ट्रान्सप्लान्ट पश्चात एलिश्नाको शरीर, ब्लड र मिर्गौलामा इन्स्फेक्सन आएको बताएका थिए । एलिश्नाको बिपी नै अत्याधिक न्यूनतम भएर लेवलमा आउन नसक्दा उनको मृत्यु भएको अस्पतालले जनाएको उनका बाबाले बताए ।

उपचारका लागि दिल्ली रहेकी एलिश्ना राईको मृत्यु भएपछी बुधबार उनको शव नेपाल ल्याएइको थियो । उनको उपचारमा भारतीय रुपैया ३५ लाख भन्दा धेरै खर्च भएको उनका बाबाले बताए ।

उनको उपचारको लागि देश विदेशबाट लाखौ रकम सहयोग उठेको थियो । सहयोग मार्फत करिव ५२ लाख रकम उठेको थियो ।

को हुन् एलिश्ना राइ ?

पाँचथर स्थायी घर भएकी ४ बर्षीय नाबालिका एलिश्ना राईका बाबा मिलन राई हुन । बाबा विदेश भएको बेला आमाले एक छोरा र क्यान्सर पिडित छोरी छाडेर गएकी थिइन ।

छोरी सिकिस्त बिरामी भएपछि एक महिना सम्म काठमाडौँ स्थित कान्तिबाल अस्पतालमा उपचार पछि अवस्था झन् गम्भीर भएको भन्दै अस्पतालले नसक्ने र नया दिल्ली लान सुझाब दिएका थिए । त्यसपछि नया दिल्ली स्थित सरगमग्राम अस्पतालमा लगेर चेकजाच गराउदा बोनम्यारो जस्तो गम्भीर रोग लगेको पत्ता लाग्यो।

भिडियो:

१२ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको