दुई जेठाजुको हर्कतः बारम्बार बलात्कार गरेको बुहारीको खुलासा


असोज ११, काठमाडौँ । बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

आजको नागरिक दैनिकमा यो खबर छ । धादिङको थाक्रे गाउँपालिका –११ कि २२ वर्षीय बुहारीलाई बारम्बार बलात्कार गर्ने जेठाजूहरू पक्राउ परेका हुन् ।

३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले आफूलाई बलात्कार गरेको उजुरी पीडितले गरेपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो। पीडितलाई २ वर्ष अघिदेखि बारम्बार बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।

अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन्। पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन्। पटक–पटक घटना भएको र आरोपिहरूले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन्।

जेठाजुहरूले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ। आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।

‘अनुसन्धानका लागि दुवैजनालाई म्याद थप गरेर राखेका छौँ’, विकले भने, ‘बलात्कार गरेको ठहरिए जन्मकैद सजाय हुनेछ।’

११ आश्विन २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको