निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, सन्नीलाई सहिद घोषणा


भदौ ९, काठमाडौं । सरकारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।

शनिबार साँझ अकस्मात बोलाइएको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्ने निर्णय गर्नुका साथै उनको परिवारलाई पनि १० लाख रुपैयाँ दिने भएको छ ।

सनिबार साँझ बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हत्या भएकी कञ्चनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्त र प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई समान १०-१० लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको हो।

घटनाको निन्दा एवम् भत्सर्ना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

आजै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिने निर्णय गरको छ ।

घटना लगत्तै गृह मन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानविन समितिलाई छिटो भन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भईसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिईएको छ ।

घटनाको अवधिमा जिल्लामा रहेका प्रहरी उपरीक्षक डिल्लिराज विष्टलाई निलम्बन गरि छानविन को दायरामा ल्याईएको र प्रहरी नायव उपरीक्षक र मुद्दा शाखाकाका प्रहरी निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।

९ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको