चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो


भदौ २, काठमाडौं । चिन सरकारले उपलब्ध गराउदै अाएकाे नर्सिङ छात्रवृत्ति रद्द भएकाे छ । चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाउदै यसै बर्षदेखी काेटा रद्द भएकाे जानकारी गराएका हुन ।

चीनले सन २०१७ देखी पाँच बर्ष सम्मकाे लागि एमएसी (मास्टर) अध्यन गराउन प्रत्येक बर्ष २५-२५ जना लैजाने सम्झाैता थियाे । तर दुखकाे कुरा सहमति भएकाे एक बर्ष नहुदै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले उक्त काेटा रद्द गरेका छन ।

स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले अाफ्ना प्रतिनिधि पठाउन नपाएपछि काेटा रद्द गरेकाे नेपाल नर्सिङ संघले अाराेप लगाएकाे छ ।

यता नेपाल नर्सिङ संघ कि पुर्व अध्यक्षले काेटा रद्द हुनु दुखद भएकाे र उक्त राेकिएकाे काटा पुन सम्झौता अगाडि कसरी बढाउने भन्नेबारे नेपाल नर्सिङ संघले चीन सँग कुरा गरिरहेकाे बताएकी छिन।

यता नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पाेखरेलले नर्स काे शिक्षा प्रति सरकार उदासीन भएकाे बताएकी छिन । यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्तामाेहम्द दाउदले स्वास्थ्य मन्त्रालयलेछात्रवृत्ति नराेकेकाे र अर्थ मन्त्रालयले यसलाई रद्द गरेकाे जानकारी दिएका छन ।

२ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको