कतारमा रंगशाला निर्माणको काम गरिरहेका एक नेपालीको मृत्यु


साउन ३०, काठमाडौं । कतारमा रंगशाला निर्माणका क्रममा एक नेपाली कामदारको मृत्यु भएको छ ।

ती कामदारको आगामी २०२२ मा हुने विश्वकप फुटबल खेल हुने मध्येको एक अल वक्रा रंगशालामा निर्माणको काम गर्दा गर्दै मृत्यु भएको अबरन्युजले जनाएको छ ।

२३ वर्षीय नेपाली कामदारको मृत्यु भएको भनेर दोहाका अधिकारीहरुले बताए पनि उनको नाम र नेपालको ठेगना केही खुलाइएको छैन । विश्वकपलाई असर गर्ने भन्दै घटनाका बारेमा सार्वनिजक रुपमा सूचना नदिलने गरेको त्यहाँस्थित नेपाली कामदारहरुले बताएका छन् ।

उनको हत्या हो या प्राकृतिक मृत्यु भनेर अनुसन्धान सुरु गरिएको जनाइएको छ । मृत्युबारे उनका आफन्तलाई समेत जानकारी गराइएको अधिकारीहरुले बताएका छन् ।

यसअघि सन् २०१६ मा सोही अल वक्रा रंगशाला निर्माणकै क्रममा अर्का नेपालीको ज्यान गएको थियो । २९ वर्षीय अनिलकुमार पासवानको लरीको ठक्करबाट मृत्यु भएको थियो ।

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि रंगशाला निर्माण गर्न त्यहाँ पुगेका कामदारमध्ये अहिलेसम्म विभिन्न देशका १२ सय कारमदारहरुको मृत्यु भइसकेको छ ।

३० श्रावण २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको