प्युठानमा शंकास्पद बस्तु भेटिए पछी, घटना स्थलमा सेनाको डिस्पोजल टोलि पुग्यो


साउन २९, प्युठान । विप्लव नेतृत्व पार्टी नेकपाले देश भर आफ्ना कार्यकर्ताहरुमाथि भइरहेको गिरफ्तारीको बिरोधमा आज गरेको नेपाल बन्दको प्रभाव देखिएको छ। यसै क्रममा प्युठानको सरुमारानी ४ मान्द्रे नजिक शंकास्पद बस्तु फेलापरेको छ।

उक्त बस्तु बम हुन सक्ने स्थानीयले बताएका छन् । शंकास्पद बस्तु फेलापरे लगतै त्यस स्थानमा नेपाली सेनाको डिस्पोजल टोलि पुगेको छ ।

बम कसले राख्यो भन्ने बारे एकिन हुन सकेको छैन । तर बन्दलाई आँकलन गरि नेकपाले राखेको हुन सक्ने स्थानीयहरुको बुझाई छ ।

२९ श्रावण २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको