ओली सरकारको ‘बर्ग चरित्र’


पृथीछक बुढा मगर/पोष्टपाटी । राजनिती भनेको बर्ग स्वार्थ हो । झुट नबोल्ने हो भने राजनितिको अहिलेको परिभाषा यहि हो । नेताले जनताको लागि काम गर्नुपर्छ तर कुन जनता ? जुन बर्गवाट उ उठेर आएको छ । यसैको लागि नै जनताले चुनेर उसलाई हाउसमा पठाएको हो । हाउसमा पुगिसकेपछी उसले बर्ग परिवर्तन गर्छ र अरुकै पृष्ठपोषक वन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा भएको सबैभन्दा ठूलो समस्या यहि हो ।

नेपालमा दल जुनसुकै भएपनि नारा समाजवादकै लाग्छ । मित्र राष्ट्रहरुले बनाइदिएका राष्ट्रिय स्तरका कलकारखानाहरुलाई कौडीको भाउमा निजीकरण गरेको नेपाली कंग्रेस अझै समाजवादको नारा लगाउन छोडेको छैन । कम्युनिस्ट नामधारी दलहरुको त कुरै छाडौं, समाजवादलाई त उनिहरुको पेवै बनाइसके । लोकतन्त्र आएको पनि ६९ बर्ष भइसक्यो तर उनिहरुले भन्ने गरेको समाजवाद कहाँ पुगिसक्यो ? कसैलाई थाहा छैन ।

अहिले देशमा कम्युनिस्ट सरकार भएकाले यहाँ कम्युनिष्टहरुको कुरा गर्न खोजिएको छ । कार्ल माक्र्सले भनेका थिए, `दुनियाँको व्याख्या गर्नु मात्रै ठूलो कुरा होइन, मुख्य त त्यसलाई बदल्नु हो ।´ २००६ सालमा स्थापना भएको कम्युनिस्ट आन्दोलनले देशको परिस्थितिको त व्याख्या गर्‍यो तर यो ठूलो कुरा थिएन । मुख्य त कार्ल माक्र्सले भने जस्तै यो ६९ बर्षमा देशको मुहार कति बदलियो भन्ने नै हो । अहिले देशका हरेक नागरिकको टाउकोमा करिव तीस हजार हाराहारीमा ऋणको पोको छ । यो ऋणवाट मुक्त हुन र नागरिकको प्रतिब्यक्ती आय वृद्धि गर्नमा कम्युनिस्ट सरकारले के के योजना अघि सारेको छ ? किनभने उत्पादन वृद्धि बिना कम्युनिस्टले भन्दै आइरहेको समाजवाद हासिल गर्न सकिदैन ।

`हरेक नागरिकलाई एकसरो लाउन र साझ बिहान एकछाक खान पुगोस् । सबैको घरमा एउटा लैनो भैंसी होस् । हरेक केटाकेटीहरुले स्कुल जान पाउन र दिनभरी काम गरिसकेपछि साझ बस्नको लागि सबैको घर होस् ।´ नेपालको सन्दर्भमा विपिले यसैलाई समाजवाद भनेका थिए । तर कम्युनिस्टहरुले भन्दै आएको समाजवाद यो भन्दा नितान्त पृथक छ । उनिहरुले भन्दै आएको समाजवाद सामाजिक अर्थनीतिमा आधारित हुन्छ । सामुहिक उत्पादन र समान बितरणमा बिश्वास गरिन्छ । यो हदसम्म नभए पनि कम्युनिस्ट अहिलेसम्म उनिहरुले बुर्जुवा समाजवाद भन्दै आएको विपिको समाजवादसम्म पुगिसकेको छैन ।

कम्युनिस्ट नेताहरुको जिकिर रहेको छ कि मुलुक समाजवाद तिर उन्मुख छ । कुन अर्थमा देश समाजवाद उन्मुख भयो ? समाजवाद उन्मुख कार्यक्रम अन्तर्गत के के योजनाहरु पूरा भए ? जनताको अबस्थामा परिवर्तनको कुनै लक्षण देखिएको पाइदैन । मानौँ कम्युनिस्ट कंग्रेसको सिद्धान्तमा कुनै अन्तर छैन । यो त कागजको ठेलीमा मात्रै सिमित छ । यो भनेको राजनैतिक अपराध हो ।

पुजी सामुहिक श्रमको उपज भएकाले कम्युनिस्टले सामुहिकिकरणलाई प्राथमिकतामा राख्दै निजि सम्पत्ति निर्मुल गर्नुमा विशेष ध्यान दिने गर्दछ । तर नेपाली कम्युनिस्टहरुमा भने निजि सम्पती उपार्जन गर्नुमा अन्य गैरकम्युनिष्टहरु भन्दा कुनै फरक भेटिदैन । माओवादी आन्दोलनको क्रममा धेरै नेता कार्यकर्ताहरुले आफ्ना जायजेथा पार्टीकरण गरेका थिए ।

त्यतिखेरको कम्युनिस्ट आन्दोलनले सामुहिकताको अभ्यास गरेको थियो । तर सामुहिकिकरणको अभ्यास गरेका तिनै नेता कार्यकर्ताको पछिल्लो एक दशकमा जोडेको सम्पतिको आकडालाई अध्ययन गरियो भने स्वत: थाहा हुन्छ कि उनिहरुको बर्ग परिवर्तन भएको छ । मजदुर र सर्वहारा बर्गिय चरित्र दलाल पुजिपति चरित्रमा रुपान्तरण भएको छ ।

कम्युनिस्ट राष्ट्रपतिको करोडौं मुल्यको गाडी मोह, लाखौं मुल्यको पलङको प्रसङ्ग, अझै त्यसमा पनि नेताका छोराछोरीले वेलावेलामा देखाउने चर्तीकला, माफिया र तस्करहरुसङ्गको उठबसले उनिहरुको चरित्र छर्लङ्ग देखाउछ । कम्युनिस्ट सर्वहारा जिवनशैली यो होइन । यसरी सर्वहारा बर्गको अधिनायकवाद लागू हुनसक्दैन । माक्र्सवादको सर्बहारा बर्गको अधिनायकवाद लागू हुँदैन भने जनताको अगाडी समाजवादको ढवाङ्ग फुक्नुको औचित्य पनि छैन । यहि हो सिद्धान्त र व्यबहार विचको मुख्य अन्तरबिरोध । यो अन्तरबिरोध समाधान नगरी समाजवादमा पुगिन्छ भन्नू प्रधानमन्त्री ओलीले भने जस्तै बयलगाडा चढेर अमेरिका पुगिन्न ।

बर्ग रुपान्तरणसङ्गै अन्ततः ओली सरकार दलाल पुजीवादी सरकार हो जो श्रमजीवी बर्गलाई शोषण गर्नको निम्ती साम्राज्यवादी र उसका मालिकहरुको एजेन्टको रुपमा काम गर्छ । जसले आफैले उत्पादनमा ध्यान दिदैन कि बरु बिचौलीयाको रुपमा कमिसनको खेती गर्दछ र जनतामा भारी करको अबधारणा अघि सार्दछ । अहिले बढेको करको आतंक त्यहि अध्याय अन्तर्गतको कडी हो ।

२७ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको