प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश


साउन २७, काठमाडौँ । जबर्जस्ती चन्दा संकलन गरेको आरोपमा पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तीन दिन हिरासतमा राख्ने आदेश भएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालत प्रवक्ता प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो । महानगरीय प्रहरी प्ररिसर काठमाडौँले प्रकाण्डमाथि अनुसन्धानका लागि १५ दिन समय मागे पनि जिल्ला अदालतले तीन दिनको समय दिएको हो ।

प्रहरीले उनलाई गत मंगलबार काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको थियो । बुधबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको अनुसन्धानको म्याद पाएको प्रहरीले आइतबार थप तीन दिको समय पाएको हो ।

पक्राउ परेका प्रकाण्डविरुद्ध प्रहरीले व्यापारीसँग जबर्जस्ती रुपमा करोडौँ चन्दा उठाएको आरोप लगाएको छ । प्रकाण्डले आफ्नो गिरफ्तारी राजनीतिक पूर्वाग्रहका कारण भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर भएको छ । यस रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको छ ।

२७ श्रावण २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको