प्रचण्ड-केपीको भेटपछी एकताको लागि माओबादी केन्द्रले दियो ३ नेतालाई जिम्मा, एमाले के गर्दैछ?


आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि माओवादी केन्द्रका तीन नेतालाई पार्टी एकताका अजेण्डा तय गर्न जिम्मेवारी लिएका छन् ।

जिम्मेवारी लिने नेताहरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ लाई पार्टीले जिम्मेवारी दिइएको छ । तीन नेताबीच अहिले छलफल हुने कार्यक्रम छ ।

त्सैसैगरी पार्टी एकतामा छलफल गर्न एमालेको स्थायी समिति बैठक आजै बस्दै छ। दिउँसो २ बजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी समिति बैठक बस्न लागेको हो।

एमाले सचिव प्रदीप ज्ञवालीले बैठकमा पार्टी एकताका विषयमा ठोस छलफल हुने बताए।

ओली र प्रचण्डबीच दुवै दलको आन्तरिक छलफलपछि मंगलबार एकता संयोजन समितिको बैठक बस्ने समझदारी भएको छ। बुधाबार एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि थाइल्याण्ड जाँदैछन्। थाइल्याण्ड जानुअघि मंगलबार बैठक गर्न दुई नेताबीच समझदारी भएको हो।

२४ पुष २०७४ गते प्रकाशित

२४ पुष २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको