यति एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना, सबै यात्रु सकशुल


भदौ १६, काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं आएको एति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको छ ।

नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, ९ एनएचडब्लु विमान शनिबार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुरका अनुसार शनिबार राति साढे आठ बजेको समयमा जहाज धावन मार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । तर जहाजमा सवार यात्रु भने सकुशल रहेको बताइएको छ ।

यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए । यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने जनाएको छ ।

जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको छ । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको विमानस्थलले जनाएको छ ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको