एक किलो नक्कली सुनसहित नयाँ बसपार्कबाट दुई जना पक्राउ


पुस १५, काठमाडौं । नेपाल प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई नयाँ बसपार्कस्थित तनहुँ होटलबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले एक किलो नक्कली सुनसहित मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राईलाई सोमबार राति पक्राउ गरेको हो।

वृत्तका प्रमुख उमेश लम्सालले नक्कली सुनलाई सक्कली सुन भनेर ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई हरासतमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रासस

१५ पुष २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको