मगर संसारले राहतकोषबाट गरे आगलागि पिडितलाई गरे घर छाउने टीन सहयोग


स्याङजा बिरूवा ३ धोबादि निवासी धनसुब्बा थापा मगरलाई मगर संसारको २०२ औ सहयोग अंतर्गत मगर संसार राहतकोषबाट घर पुननिर्माणको लागि आवश्यक जस्ता पाटा(टीन ) सहयोग गरेको छ।

केही दिन अघि घर जलेर नष्ट भएका थापा मगरको सबै सम्पति जलेर नष्ट भएपछि सबै सामु सहयोगको अपिल गरेको थियो

सोही क्रममा मगर संसार द्वारा मगर संसार कोषबाट रु.१५,००० बराबरको टिन उपलब्ध गरेको हो। सहयोग भने मगर संसार का एडमिन शान्ति राना मगर ले हस्तांतरण गरेको र आजसम्म मगर संसार बाट २०२ औ सहयोग सम्पन्न भएको अध्यक्ष अनिल लामिछाने मगर ले हामीलाई बताउनु भयो।

टिन हस्तांतरण गर्नुहुदै मगर संसार का एडमिन शान्ति राना मगर ।

२६ बैशाख २०८१, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस