अंग्रेजी नयाँ वर्षमा भायानेटले ल्यायो मिनि-७५ प्याक, ग्राहकलाई यस्ता फाइदा


पुस ११, काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले नयाँ मिनि–७५ प्याक ल्याएको छ।

कम्पनीले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने उद्देश्यले ससाना प्याकहरु उपलब्ध गराएको हो।

यस मिनी–७५ प्याकमा वार्षिक ग्राहक बनी मात्र ८ सय रुपैयाँ प्रतिमहिनामा ग्राहकहरुले ७५ एमबीपीएसको सुपर–फाष्ट इन्टरनेट पाउनेछन्।

नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ। यस सिममार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन्।

त्यस्तै यो सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन्।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो।

यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र १ हजार २५० रुपैयाँ प्रतिमहिनामा १७५ एमबीपीएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क पाइन्छ।

११ पुष २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको