भायानेटले ल्यायो पर्पल प्याकअफर


भदौ १०, काठमाडौँ । भायानेटले एनसेलसँगको सहकार्यमा अलइनवान, भायानेट पर्पल प्याक अफर ल्याएको छ ।

नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदान गरिरहेको कम्पनीले सबैलाई सधैं कनेक्टेड राख्नका लागि यो अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भाया टिभीसँगै एनसेल सिम सित्तैमा पाउने छन् । सो सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटासित्तैमा पाउने छन् ।

त्यसैगरी यो सिममार्फत ग्राहकहरुले एनसेल नेटवर्कका अन्य नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा पनि पाउने छन् ।

यी सबै सुविधा ग्राहकहरुले जम्मा मासिक एक हजार ६ सय रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

१० भाद्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको