मगर संसार राहतकोषबाट ५६ औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ५६ औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । दैलेख जिल्ला गुराँस -७ का पूर्णिमा बुढा मगरलाई कोषले १० हजार सहयोग हस्तान्तरण गरेको हो । पूर्णिमा बुढा मगरको दुबै मृगौला फेल भएकाले उनको उपचारको लागि मगर संसार राहत कोषले सहयोग प्रदान गरेको हो । मगर संसारका सक्रिय सदस्य नरेन्द्र मगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने वरिष्ठ-उपाध्यक्षमा हाल जापानमा रहनुभएका बागलुङका राज लमतरी मगर, उपाध्यक्षमा हाल युएईमा रहनु भएका सिंधुलीका एम. बी. मगर, त्यस्तै अर्का उपाध्यक्षमा धादिङका रन्जु मगर हुनुहुन्छ ।

त्यस्तै भाषिक उपाध्यक्षमा नवलपुरबाट नवीन मगर, अर्का भाषिक उपाध्यक्ष स्याङ्जाबाट शान्ति राना मगर हुनुहुन्छ भने महासचिवमा सुर्खेतबाट छिनिङ मगर, सचिवहरुमा हाल जापान बसोबास गर्नुहुने गोर्खाका एलीना थापा मगर, पाल्पा निवासी हाल बुटवलमा बसोबास गर्नुहुने तिर्सना झेंडी मगर र पाँचथरबाट आयुष्मा मगर हुनुहुन्छ । त्यस्तै कोषाध्यक्षमा रामेछापबाट हाल काठमाडौ बसोबास गर्नुहुने प्रनिश आलेमगर हुनुहुन्छ भने सदस्यहरुमा चितवनका लक्ष्मी थापा मगर, पोखराबाट हाल जापानमा बस्दै आउनुभएका मोनीका मगर, बुटवलबाट अञ्जली राना मगर, नवलपरासीबाट प्रिया राना मगर, रुपन्देहीबाट तिर्सना थापा मगर, पाल्पाबाट दिलु मगर, रुकुम पुर्बबाट पृथीछक बुढा मगर र काठमाडौबाट तुलसी आले मगर हुनुहुन्छ ।

त्यस्तै मगर संसारका सल्लाहकारहरु पोखराबाट हाल इजरायलमा बस्दै आउनुभएका मन मास्की राना मगर,म्याग्दिबाट हाल मलेसियामा बस्दै आउनुभएका बिखर्ची रोकामगर, चितवनबाट हाल बेलायत बस्दै आउनुभएका ज्योती रजाल मगर र पाल्पाबाट हाल काठमाडौमा बस्दै आउनुभएका माया घर्तीमगर हुनुहुन्छ ।

१ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको