सरकारसँग वार्ता गर्न विप्लव नेकपाले पनि दुई सदस्यीय वार्ता टोली गठन गर्‍यो [विज्ञप्ति]


फागुन १८, काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारसँग वार्ता गर्न पार्टी केन्द्रीय सचिवालय सदस्य एबं प्रबक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

मंगलबार छलफलका लागि सरकारले गृहमन्त्री राम बहादुर थापा नेतृत्वको दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव नेकपाले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।

नेकपाका महसचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै बार्ता टोलीको नेतृत्व पार्टी केन्द्रीय सचिवालय सदस्य एबं प्रबक्ता विश्वकर्मा र केन्द्रीय सदस्य उदय बहादुर चलाउने (दीपक) सदस्य रहेको जानकारी दिएका छन् ।

हेर्नुस विज्ञप्ति 

१८ फाल्गुन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको