यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाइल तस्बिर

माघ १४, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी तीन दिन मौसम आंशिक रूपमा बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी भू-भागका केही स्थानहरू र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘काठमाडौंमा पानी पर्ने सम्भावना कम छ, भोलि सम्भावना भए पनि न्यून रहेको छ,’मानन्धरले भने, ‘आज र भोलि चाहिँ मौसम आंशिक रूपमा बदली भइरहनेछ ।’

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १४ गते (मंगलबार)

दिउँसो: देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरू र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

राति: देशको पश्चिमी र मध्य भू-भागमा सामान्य बदली तथा पूर्वी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरू र मध्य तथ पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।

माघ १५ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरू र पूर्वी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरू र पूर्वी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ।

माघ १६ गते (बिहीबार)

दिउँसो: देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका थोरै स्थानहरू र पश्चिमी भू-भागका १-२ स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राति: देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

१४ माघ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको