नेपालमा कोरोनाबाट २४ घण्टामा ११ को मृत्यु, मृतकको संख्या १ सय ३७ पुग्यो

फाइल तस्बिर

भदौ ५,काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने क्रम बढेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

शुक्रबार मृत्यु हुने मध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक-एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

अझै पनि सय भन्दा बढी बिरामी आईसियुमा रहेका, केही भेन्टिलेटरमा रहेका र लक्षण सहितका संकमित बढ्दै गएको र होम आईसोलेसनमा समेत मृत्यु हुने घटना देखिएकाले थप जोखिम बढेको देखिन्छ ।

५ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको