देशभर ८ सय ३८ जनालाई कोरोना संक्रमण पुष्टि


भदौ ५, काठमाडौँ । शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा ५४६ पुरुष छन् भने २ सय ९२ महिला छन् ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए ।

त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ । विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म मृतक १३७ जनामा कोरोना पुष्टि भएको छ ।

५ भाद्र २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको