आन्तरिक उडान र लामो दूरीका गाडी असोज ५ देखि खोल्ने सरकारको निर्णय


भदौ २९, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो ।

कानुन मन्त्री डा. शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो  ।

चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए ।

यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो । त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो ।

२९ भाद्र २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको