‘सत्ताधारी नेकपाले देशभित्र अमेरिका र इरानजस्तै युद्ध निम्त्याउन खोज्यो’

‘प्रधानमन्त्री र राष्ट्रपतिलगायतले देशको ढुकुटी रित्याएर उपचार गर्न पाउँदैनन्’


पुष २६, काठमाडौं । सत्य विश्व भूमी पार्टी नेपालले अमेरिका र ईरानबीच भएकोजस्तै युद्ध नेपालको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि युद्ध निम्त्याउन खोजेको गम्भिर आरोप लगाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पार्टीले यस्तो आरोप लगाएको हो ।

पार्टीका अध्यक्ष होमबहादुर कार्कीले (विश्वभक्त) ले कहिले नेपालको भूमी भारतले मिच्यो भनेर जनतालाई सडकमा उतारेर आतंक फैलाउने काम गरेको त कहिले चेलीबेटी लुटिएको र हत्या भएको भनेर आतंक फैलाउने काम गरेको भन्दै सत्ताधारी नेकपाले देशभित्रै आन्तरिक युद्ध निम्त्याउने खोजेको आरोप लगाएका हुन ।

आफूले गत मंसिर २१ गते नै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेपालको देवभूमीबाट कसैले आँखा लगाउँछ भने उसको ठाउँमा बस्ने झक्तलाई गाह्रो हुन्छ भनेर भनेको र सो कुरा आज आएर प्रमाणित भैसकेको पनि उनले ठोकुवा गरे । उनले नेपालजस्तो देवभूमीको रक्षाको लागि यही पुष २१ गतेबाट माघ २१ गतेसम्म एक महिनासम्म सम्पूर्ण अन्न, फलफूल त्यागेर आफू श्री स्वाथानी माताको भक्तिमा हिँडेको सुनाए ।

उनले भारतले नेपालको भूमी मिचेको सुनाए । तर, उक्त मिचिएका नेपाली भूमी भारतलाई नै लिज वा भाडामा दिनुपर्ने र सो बापत निश्चित भाडा लिनुपर्ने उनले सुझाव दिएका छन् । त्यस्तै, उनले विश्वबाट कम्युनिष्टरु समाप्त हुनेपनि घोषणा गरे । उनले भने,‘अब भक्तहरु जाग्नुपर्छ । अब बुढाबुढी, बृद्धाहरु नजागे ८ वर्षदेखि १२ वर्षका बालकहरुलाई सडकमा उतार्नेपनि म यहीँबाट घोषणा गर्दछु ।’

उनले वर्तमान सरकारले युवा जनशिक्तलाई विदेश पठाएर नेपालजस्तो देवभूमीलाई रणभूमी बनाउन खोजेको पनि आरोप लगाएका छन् । उनले सरकारले सूचना प्रविधि विद्येयक ल्याएर मिडियामाथि बन्देज लगाउने खोजेको आरोप लगाए । ‘कुनैपनि सञ्चारमाध्यमहरुमाथि सरकारले बन्देज लगाउने कार्य हामीलाई सह्य हुँदैन् ।’–उनले थपे,‘यदि सरकारले सामाजिक सञ्जाल र युट्युब खारेज गर्ने हो भने टिभी, अनलाईन, रेडियोलगायत सबै खारेज हुनुपर्छ ।’

नेपालका सुरक्षा निकायले नेपालजस्तो स्वर्गजस्तो पवित्र भूमी आमालाई सुरक्षा र रक्षा गर्न नसक्ने हो भने तिनीहरुको बर्दी खोलेर युवायुवतीहरुलाई दिनुपर्ने उनको भनाई छ । उनले भने,‘यदि नेपालका सुरक्षा निकायले सुरक्षा नगर्ने हो भने युवा पुस्ताले जिम्मा लिनुपर्छ ।’
वर्तमान सरकारले बृद्धबृद्धाहरुमाथि करको भार बढाएर दुःख दिएको पनि सुनाए । उनले भने,‘सरकारमा बस्नेहरु भने विदेशमा १८ घण्टा खटेर कमाएको रेमिट्यान्सलाई दुरुपयोग गर्न पल्किएका छन् । आफ्नो सुविधाको लागि उनीहरुले देशलाई बर्वाद पारे ।’

त्यस्तै, उनले देशका प्रधानमन्त्री र राष्ट्रपतिलगायतका उच्चपदस्थहरुले देशको ढुकुटी रित्याएर उपचार गर्न नहुने धारणा राखे । उनले भने,‘उच्च पदमा बस्नेहरुले अब आफ्नो निजी खर्चबाट उपचार गर्नुपर्छ । तर, हाम्रो देशमा त्यस्तो भएको छैन् । यो गलत भैरहेको छ । अब यो परिपार्टी परिवर्तन गनुपर्छ ।’

२७ पुष २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको