तुलसीपुर–घोराही फोरलेन सडकमा कसले गर्यो अबरोध ?

फाइल तस्बिर: तुलसीपुर–घोराही सडकखण्ड ।

मङ्सिर २३, दाङ । समयमै विद्युतीय पोल नहटाउँदा तुलसीपुर–घोराही फोरलेन सडकको काममा अबरोध सृजना भएको छ ।

सडक सुधार विकास आयोजनाको ढिलासुस्तीका कारण सडकमा पर्ने रुख र विद्युतीय पोलहरु समयमै नहटाउँदा फोरलेन सडकको कामले गति लिन नसकेको हो ।

फोरलेन सडकको निर्माण कार्य सम्पन्न गर्नुपर्ने ३० महिनाको म्याद छ । सम्झौताभएको २२ महिनामा रुख त हटाइयो तर २५ महिना लाग्दा समेत विद्युतीय पोल हटाउने कुनै सुरसार गरिएको छैन । फोरलेन सडक निर्माण कम्पनीलको बारम्बारको ताकेतापछि दुई बर्षपछि सडकमा रहेका करिब १२ सय रुखहरु हटाउन डिभिजन वन कार्यालय दाङले अनुमति दियाे ।

पोल हटाउनका लागि सडक सुधार विकास आयोजनाले घोराही विद्युत प्राधिकरणलाई २०७६ पुष ९ गते र तुलसीपुर विद्युत प्राधिकरणलाई २०७६ फागुन ८ गते पत्राचार गरे पनि नटेरेको आयोजनाका प्रमुख पारसमणी हमालले बताए ।

‘हामीले पोल हटाउनका लागि लाग्ने खर्चको स्टमेट गराउन विद्युतलाई लिखितरुपमा पत्राचार गरिसकेका छौ । त्यसपछि पनि स्टमेट नआएपछि २०७७ असार १७ र ३० गते कार्यालयलाई फलोअप पत्र पठाएका छौ स्टमेट दिएको छैन् ,’ आयोजना प्रमुख हमालले टेलिफोनमा कुरा गर्दै भने– ‘हामी आत्तीएर भएन काम गर्ने निकायले नगरिदिए हाम्रो के लाग्यो र । म अहिले प्युठानमा आएको छु । तुलसीपुर विद्युत प्राधिकरणले पठाएको छ भन्ने सुनेको मैले देखेको छैन् ।’

स्टमेट आएमा विद्युतको काम गर्ने मान्छेलाई हायर गरेर तत्काल काम सुरु गर्ने प्रमुख हमालले बताए । फोरलेन सडक निर्माणका लागि इलेक्ट्रिक पोल ३१६, ट्रान्सफारमर १६ , टेलिफोनका पोल ६५ र स्पिड लाइट २६ वटा हटाउनु पर्ने आयोजनाले बताएको छ ।

विद्युत भन्छ: स्टमेट तयार छ लगिदिने काम हाम्रो होइन्

विद्युत प्राधिकरणले महिनौ अघि लागत स्टमेट तयार पारेपनि सडक सुधार विकास आयोजना लिन नआएको बताएको छ । ‘हामीले स्टमेट तयार पारिसकेका छौ । लगेर हामीले छोडीदिने काम त होइन् नि ,’ नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख जगननाथ लामीछानेले भने– ‘फलोअप त उनिहरुले गर्नुप¥यो । ३ महिना अघि तयार गरिसकेका छौ । बरु लिन पठाईदिनुस ।’

तुलसीपुर–घोराही सडकको संग्रामखोलादेखि तुलसीपुरको हात्तीखौवासम्म बाटोमा पर्ने पोल हटाउन ९१ लाख ९४ हजार ३ सय ११ रुपैयाँको स्टमेट गरेको तुलसीपुर विद्युत प्राधिकरणले बताएको छ ।

यता नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले पनि ६ करोड ६८ लाखको स्टमेट गराएर पठाइसकेको बताएको छ । बबईखोलादेखि तुलसीपुरको दुधराससम्म सडकमा पर्ने विद्युत तथा टेलिफोनका पोल हटाउन स्टमेट गरेर आयोजनाको मेलमा पठाइसकेको नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका इन्जिनियर प्रमोद कुमार सिंहले जानकारी दिए ।

दुबै विद्युत प्राधिकरणले बजार क्षेत्र भएकाले विद्युत लाइन काटेर काम गर्न नसकिने प्रतिकृया दिएका छन् । उद्योगधन्दा कलकारखान संचालनमा भएकाले लाइन बन्द हुँदा जनताको आक्रोश आफुमा आउने विद्युत प्राधिकरणले बताएको छ ।

काम गर्ने वातावरण भएन: निर्माण कम्पनी

सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोजेक्टले काम गर्ने वातावरण नवनेको बताएको छ । फोरलेन सडक हेर्ने सडक सुधार विकास आयोजना सहित, जिल्ला वन, विद्युत प्राधिकरण, नगर, जिल्ला र केन्द्रीय तहका नेतालाई हारगुहार गरेपनि सडकमा भएको अबरोध नहटेको कन्ट्याक म्यानेजर दिवाकर पण्डितले गुनसो गरे ।

३० महिनामा काम गरिसक्ने सम्झौता भएपनि २५ महिनासम्म बाटोमा भएका रुख र विद्युतीय पोलहरु हटाउन सम्बन्धित निकायले पहल नगर्दा सबै दोष निर्माण कम्पनी माथि आएको निर्माण कम्पनीले बताएको छ ।

‘घोराही तुलसीपुर सडक अति वेस्त सडक हो । जनताहरु पनि छिटै काम बनोस भन्न चाहन्छन् । हामी पनि छिटै काम गरेर जिम्मेवारी पुरा गर्न पाए हुन्थ्यो भन्नेमा छौ,’ कन्ट्याक म्यानेजर पण्डितले भने–‘

तर सडकमा भएका विद्युतीय पोल र रुख हटाउन सम्बन्धित निकायले जुनखालको तदारुकता देखाउनु पर्ने हो त्यो देखाउन सकेन । अनि कसरी हुन्छ द्रुतगतिमा काम ?

एउटा ठाउँबाट काम सुरु भएपछि बिना बिवाद काम निरन्तर रुपमा अघि बढ्नु पर्ने भन्दै पण्डितले बिचमा कुनै अवरोध हुननहुने बताउँछन् । लगातार काम नहुँदा करिब ३ करोडको घाटा लागेको निर्माण कम्पनीेले बताएको छ । काम गर्न आएका सयौ मजदुरको काम नहुँदा र दर्जनौ सवारी साधन काम नभएर त्यत्तिकै थन्किदा र निर्माण सामग्री खेरजाँदा ठूलो क्षेति भएको भएको हो ।

ठाउँ–ठाउँमा काम हुँदा खर्च धेरै, मजदुरलाई एकठाउँबाट अर्को ठाउँमा लैजान–ल्याउन समस्या, सवारीसाधन, मेसीन, पार्किङको समस्या, औजार तथा निर्माण सामग्री भण्डारणमा समस्या हुने भएकाले सोचे अनुसर काम अघि बढ्न नसक्ने कन्टयाक म्यानेजर पण्डितको भनाई छ ।

३० महिना भित्र काम सक्नेगरी २८ जनवरी २०१९ मा तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोजेक्टले नेपाल सरकारसंग १ करोड २१ लाख ८२ हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो । सम्झौता अनुसार बबईखोलादेखि तुलसीपुरको हात्तीखौवासम्म २८ किलोमिटर मध्य १४ किलोमिर फोरलेन र १४ किलोमीटर टूलेन बनाउनु पर्ने छ । यद्यपी कोरोना महामारी, बर्षात र लाइन किलियर नहुँदा काम हुन नसकेपछि ३ जनवरी २०२२ सम्म काम गर्ने समय थपिएको छ ।

-तुलसीपुरखबरबाट

२३ मंसिर २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको